FAQs Complain Problems

समाचार

संझिप्त परिचय

पञ्चेश्वर गाउँपालिकाको संझिप्त परिचय

पञ्चेश्वर गाउँपालिका बैतडी जिल्लाको दक्षिण पश्चिम भेगमा पर्दछ । जिल्ला सदरमुकाम गोठालापानीबाट यो गाउँपालिका १३ कोष दुरीमा रहेको छ । यसको केही भूभाग महकाली नदीसँग जोडिएको छ । अधिकांश स्थानमा सडक यातायात जोडिएको  र आवत जावत गर्न सहज भएको छ । यस गाउँपालिकामा विद्युतिकरण समेत हुन नसकेकाले सौर्य उर्जा (सोलार) को भरमा उज्यालो बाल्न विवस छन ।  हाल गाउँपालिकाले सडक सञ्जाललाई मुख्य प्राथमिकतामा राखि अघि बढेको छ । यस गाउँपालिकाले कुलाउहुदै पञ्चेश्वर जाने सडकबाट साविकको आम्चौरा गाविस तथा हालको गाउँपालिका भवन सम्म सडक सञ्जाल पुर्याएको छ । जसले गर्दा २ घण्टा पैदल यात्रा गर्नुपर्ने बाध्यता हटेको छ भने आवत जावतमा सहज भएको छ । अझै सडक विस्तारलाई प्राथमिकतामा राख्दै गाउँपालिका अघि बढेको छ । हाललाई भारतसँगको आवागमनलाई सहज पार्न महाकाली नदीमा झोलुगें पुल निर्माण गर्नु आवश्यक देखिन्छ । यस गाउँपालिकामा व्यापारिक हिसाबले भारतको लोहाघाँट तथा पिथौरागढ बजार मुख्य आवतजावतको रुपमा लिइन्छ । यस गाउँपालिकामा उखुखेती, तेलहन बाली, माहुरी पालनको मुख्य तथा उपयुक्त वातावरण देखिन्छ ।

यसका अतिरिक्त आलु लगायतको तरकारी खेती, फलफुल खेतीको प्रचुर सम्भावना बोकेको छ तर वालि विविधिकरण र व्यवसायिक किसिमले खेतीपाती भने गरेको पाइदैन । गहुँ, धान, मकै, तरकारी र फलफूल लगाउने गरेका छन यहाँका कृषकहरुले । कृषी व्यवसायबाट आयआर्जन वृद्धि गर्न तालिम, उन्नत विउविजन, कृषि सामग्रीलाई परिचालन गर्न जरुरी देखिन्छ । यसका साथै कृषीजन्य उत्पादनमा आधारित घरेलु तथा लघुउद्यम व्यवसाय ग्रामीण व्यापारलाई पनि विकास र विव्स्तार गनर्ग सकिने थप सम्भावनाहरु रहेका छन । यस गाउँपालिकामा धुरा कैलपाल, उदयदेव मन्दिर, देवताल मन्दिर, नागार्जुन मन्दिर, पञ्चेश्वर मन्दिर, चारखाम चौमो मन्दिर, बालाचौमा मन्दिर, कुलाउ मन्दिर लगायतका धार्मिक तथा पर्यटकिय स्थलहरु रहेको छन ।

यो गाउँपालिकाको पूर्वमा मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका, पश्चिममा भारतको सिमाना, उत्तरमा दशरथचन्द नगरपालिका तथा दक्षिणमा शिवनाथ गाउँपालिका रहेको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८ हजार ७ सय ६६ रहेको छ भने कुल क्षेत्रफल १२० दशमलव ४१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका नेपाल सरकारले स्थानीय निकायलाई स्थानीय तहमा लगेसँगै साविकका पञ्चेश्वर गा.वि.स., महाकाली गा.वि.स. वडा नं. १ देखि ६ सम्म, कुलाउ गाविसको वडा नं. १ देखि ८, आम्चौरा गाविस, गिरेगाडा गाविस र रोडिदेवल गाविसको वडा नं. १, २,३,८ र ९ लाई समायोजन गरि पञ्चेश्वर गाउँपालिका घोषणा गरेको हो ।

पञ्चेश्वर गाउँपालिकाको विस्तृत विवरण

 क्र.सं.  

 नयाँ वडा  

 समावेश गाविस / नगरपालिका  

 जनसंख्या  

 क्षेत्रफल(वर्ग कि.मी.)  

Google Map

पन्चेश्वर(१-९)

३९७२

२५.७१

महाकाली(१-६)

१९५४

८.२७

 

कुलाउ(१-८)

२७७३

१८.६२

 

आम्चौरा(१-९)

४८०२

२९.२२

 

गिरेगाडा(१-९)

३०८९

२७.९६

 

रोडीदेवल(१-३,८,९)

२१७६

१०.६४

 
 

जम्मा

 

१८७६६

१२०.४२