FAQs Complain Problems

क्यान्टीन संचालनका लागि बोलपत्र आह्वा गरिएको सूचना

पञ्चेश्वर गाउँपालिका 
गाउँ कार्यपालिकाको कार्यालय
आम्चौरा, बैतडी
आन्तरिक आय संकलनका लागि बोलपत्र आह्नवान गरिएको सूचना ।
(प्रथम पटक प्रकाशित मिति २०७५/३/२२)

यस कार्यालयमा अगामी आ.ब. २०७५।०७६ मा क्यान्टीन संचालन गर्नका लागि ठेक्का बन्दोवस्त गर्नु पर्ने भएकोले तपसील बमोजिमका शर्तहरु भित्र रही रीतपूर्वक ७ (सात) भित्र दर रेट पेश गर्न हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

बोलपत्र खरिदको लागि रु. ३००।– (अक्षरेपी रु. तीस सय मात्र) पछि फिर्ता नहुने गरि यस कार्यालयको लेखा शाखामा नगद बुझाई सो को रसिद पेश गरि यो सूचना प्रकाशित भएको मितिले ७ औं दिन भित्र कार्यालय समयभित्र यस पञ्चेश्वर गाउँपलिकाको कार्यालयबाट खरिद गर्नु पर्नेछ र टेण्डर फाराम खरिद गर्दा नागरिकताको फोटोकपी अनिवार्य रुपमा संलग्न पेश गर्नु पर्नेछ । 
२.बोलपत्र फाराम साथ धरौटी  बापतको रकम नेपाली नागरिक भए कबोल अंकको ५ प्रतिशत यस कार्यालयको रा.बा.बैंक बैतडी शाखा स्थित ४०५०३०३००७११० धरौटी खातामा जम्मा गरेको सक्कलै भौचर वा यस कार्यालयमा नगदै बुझाई सो को सक्कल रसिद संलग्न गर्नु पर्नेछ ।
३.खरिद गरिएका बोलपत्रहरु प्रष्टसंग भरि ठेकेदारले प्रत्येक पानामा सही छाप गरी खाम बाहिर ब्यक्ति, फर्म, कम्पनीको नाम, ठेगाना, कामको नाम प्रष्ट लेखी यो सूचना प्रकाशित भएको मितिले ८ औं दिनको १२ः०० वजे भित्र यस कार्यालयमा दर्ता गरि सक्नुपर्नेछ ।
४.बोलपत्र खरीद गर्ने, दाखिला गर्ने र खोल्ने दिन विदा परेमा त्यसको लगत्तै कार्यालय खुलेको दिन बोलपत्र खरीद गर्ने, दाखिला गर्ने र खोलिनेछ ।
५.प्रत्येक कामको लागि छुट्टा छुट्टै बोलपत्र खरीद तथा दाखिला गर्नुपर्नेछ ।
६.बोलपत्र सोही दिनको २ः०० वजे ठेकेदारका प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ, ठेकेदारका प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्नेछैन ।
७.कुनै पनि कारण जनाई वा नजनाई सम्पूर्ण वा आंशिक रुपमा बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ ।
८.बोलपत्र शर्त रहित, केरमेट नभएको, कार्यालयले उपलव्ध गराएको, बोलपत्रमा कुनै थपघट वा द्रष्टब्य नलेखेको हुन हुनुपर्नेछ । समय भित्र पेश नभएको, रीत नपुगेको, सूचनाका शर्त विपरित भएको बोलपत्र उपर कुनै कारवाही हुनेछैन ।
९.कबोल अंक अक्षर र अंकमा प्रष्टसंग उल्लेख गर्नुपर्नेछ । अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिईनेछ ।
१०.क्यान्टीन संचालनका लागि कार्यालयले ठेकेदार पक्षलाई कार्यालय भित्र रहेको १ कोठा उपलब्ध गराउने छ । यस ठेक्का लागि न्यूनतम रकम रु. २०,०००। तोकिएको छ ।   
११.ठेकेदारले सम्झौताको समयमा सम्पूर्ण ठेक्का रकम एकमुष्ट बुझाएमा औचित्य हेरी वढीमा १० प्रतिशत सम्म छुट दिन सकिनेछ ।

आर्थिक वर्ष: